वेतन वृद्धिको मागमा नगर निगमको कर्मचारी संगठनद्वारा ज्ञापन

सिलगढ़ी: वेतन वृद्धिको मागमा कांग्रेस अनुमोदित कर्मचारी संगठनको तर्फबाट आन्दोलन शुरू गरेको छ। आज सिलगढ़ी नगर निगमका अस्थायी कर्मचारीहरूको वेतन बढ़ाउनु पर्ने माग गर्दै नगरनिगमम कर्मचारी संगठनका अध्यक्ष सौमेन दास रायको नेतृत्वमा आन्दोलन गरियो। मेयर अशोक भट्टाचार्यको अनुपस्थितिमा संगठनको तर्फबाट डेपुटी मेयर रामभजन महातोलाई एउटा ज्ञापन सुम्पियो। संगठनका अध्यक्ष सौमेन दास रायले बताए अनुसार नगर निगमका अस्थायी कर्मचारीहरूले उचित वेतन पाएका छैनन्। मेयरले अस्थायी कर्मचारीहरूको वेतनमा वृद्धि गरिने आश्वासन दिए तापनि हालसम्म पूरा गरेका छैन। यदि आपुहरूको माग चाँड़ै पूरा नगरे संगठनले बृहत्तर आन्दोलन गर्ने तिनले चेतवानी दिएका छन्। अर्कोतिर,यस सम्बन्धमा डेपुटी मेयर रामभजन महातोले संगठनको मागहरूबारे विचार-विमर्श गरिने बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *