वेतन वृद्धिको माग गर्दै उत्तर बंगाल विश्वविद्यालयका अस्थायी कर्मचारीद्वारा हडताल तथा धरना प्रदर्शन

सिलगढी : वेतन वृद्धिको मागमा उत्तर बंगाल विश्वविद्यालयका अस्थायी कर्मचारीहरूले हडताल तथा धरना प्रदर्शन गरे। उत्तरबंग विश्वविद्यालयका अस्थायी कर्मचारीहरूले दुई घण्टाको लागि काम बन्द गरेर उत्तर बंगाल विश्वविद्यालयको प्रशासनिक भवन अघि विक्षोभ प्रदर्शन गरे। धेरै दिन अघिदेखि कर्तृपक्षलाई अवगत गराए तापनि हालसम्म आफूहरूको वेतन वृद्धि नगरेको अस्थायी कर्मचारीहरूको आरोप रहेको छ। अस्थायी कर्माचारीहरूले बताएअनुसार विश्वविद्यालयमा मोठ 400 जना अस्थायी कर्मचारीहरू छन् भने लामो समय अघिदेखि तिनीहरूको वेतन वृद्धि भएको छैन। आगामी दिनमा तिनीहरूको वेतन वृद्धि नभएको खण्डमा वृहत आन्दोलन गर्ने तिनीहरूले चेताउनी दिएका छन्। तथापि, यस सम्बन्धमा उत्तर बंगाल विश्वविद्यालय कर्तृपक्षले कुनै प्रतिक्रिया दिन चाहेनन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *