वेतन वृद्धिको मागमा एमपीएचडब्ल्यु-का कर्मचारीहरूद्वारा अनशन

जलपाईगढी : जलपाईगढी मल्टिपर्पोज हेल्थ वर्कर (एमपीएचडब्ल्यु) विभागमा कार्यरत स्वास्थ्य कर्मीहरूले वेतन वृद्धिको माग गर्दै आजदेखि अनशन शुरू गरेका छन्। जलपाईगढी जिल्लाको प्रमुख स्वास्थ्य कार्यालय अघिल्तिर तिनीहरू आमरण अनशनमा बसेका छन्। स्वास्थ्य कर्मीहरूले बताएअनुसार जलपाईगढी जिल्लाको विभिन्न ठाउँहरूमा तिनीहरूले विगत 2010 देखि नै मात्र 6 हजार रुपियाँको मासिक वेतनमा कार्य गर्दै आइरहेका थिए भने यसको 2 वर्षपछि तिनीहरूको वेतन बढाएर 13 हजार 8 सय रुपियाँ गरिदिएको थियो। तर त्यसपछि हालसम्म लगभग 8 वर्षको अवधिसम्म पनि वेतनमा कुनै बढोत्तरी नगरिएको तिनीहरूको भनाइ रहेको छ। यस सम्बन्धमा सम्बन्धित अधिकारीलाई थुप्रैपल्ट अवगत गराए तापनि हालसम्म आफूहरूको समस्या समाधान नगरेको  स्वास्थ्य कर्मीहरूको आरोप रहेको छ। भुक्तभोगी स्वास्थ्य कर्मी राजु सरकारले यदि आफूहरूको माग पुरा नभए अझ वृहत्तर आन्दोलन गर्ने चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *