वेतन वृद्धिको मागमा फुलबारी मेडिकल फोहोर जलाउने कारखानाका श्रमिकहरूद्वारा हडताल शुरू

राजगञ्ज : वेतन वृद्धिको मागमा फुलबारी 2 ग्राम पञ्चायतको पुटीमारी इलाकाको मेडिकल फोहोर जलाउने कारखानाका श्रमिकहरूले आजदेखि हडताल शुरू गरेको छ। एआईयुटीयुसी संगठनका श्रमिकहरू आजदेखि कारखाना अघि धरनामा बसेका छन्। माग पुरा नभएको खण्डमा लगातार आन्दोलन जारी रहने श्रमिकहरूले चेताउनी दिएका छन्। प्राप्त जानकारी अनुसार पुटीमारी इलाकाको उक्त कारखानामा सरकारी तथा गैर सरकारी अस्पतालको फोहोरहरू जलाउने गरिन्छ। लगभग 70 जना श्रमिकहरूले उक्त कारखानामा काम गर्ने गर्दछन्। श्रमिकहरूको आरोप अनुसार 4 वर्ष अघि वेतन सम्झौता समाप्त भए तापनि कर्तृपक्षले वेतन सम्झौता नगरेकोले आफूहरूलाई निक्कै समस्या भइरहेको छ। यसबारे कर्तृपक्षलाई अवगत गराए तापनि कुनै पहल नगरेको तिनीहरूको आरोप रहेको छ। यस विषयमा एआईयुटीयुसी-का युनिट सभापति जय लोधले भने, 4 वर्षअघि वेतन सम्झौत समाप्त भए तापनि कर्तृपक्षले वेतन सम्झौता गरेको छैन। हाल बजारमा महँगाइ बढेकोले श्रमिकहरूलाई निक्कै समस्या भइरहेको छ। गत अढाई महिना अघि पनि यहीँ मागलाई लिएर श्रमिकहरूले हडताल गरेको 4 दिनपछि कारखाना कर्तृपक्षले यसबारे बैठक गर्ने आश्वासन दिएपछि श्रमिकहरूले  हडताल फिर्ता लिएका थिए। तर यसपछि पनि कारखाना कर्तृपक्षले वेतन सम्झौताबारे बैठक गरेनन्। उक्त कारखानाका अधिकांश श्रमिकहरूको पीएफ, ग्र्याचुटी र ईएसआई गरिएको छैन। युनियनको तर्फबाट बारम्बार कारखाना कर्तृपक्षलाई लिखित रूपमा बैठक गर्ने अनुरोध गरे तापनि कुनै पहल नगरेको तिनीहरूको आरोप रहेको छ। यस सम्बन्धमा कारखाना कर्तृपक्षले कुनै प्रतिक्रिया दिन चाहेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes