वेतन नपाएपछि रंगमुक सिडर्स चियाबारीमा श्रमिकहरूद्वारा तीन हप्तादेखि धरना प्रदर्शन जारी

सोनादा (निसं) : सोनादा क्षेत्रको रंगमुक सिडर्स चियाबारीमा आफ्नो वेतनको माग गर्दै श्रमिकहरूद्वारा धरनामा बसेको तीन हप्ता भइसकेको छ। तर पनि बन्सल कम्पनी अधीनस्थ रहेको रंगमुक सिडर्स चियाबारीमा श्रमिकहरुले विगत 4 खर्च साथै स्टाफहरूले वेतन पाएका छैनन्। वेतन दिनु पर्ने मागमा रंगमुक सिडर्स चियाबारीका श्रमिकहरूले आज पनि बगानको कारखाना अघि धरना प्रदर्शन गरे। रंगमुक सिडर्स चियाबारीका श्रमिकहरूले गरिहेको धरना स्थलमा पत्रकारहरूसित कुराकानी गर्दै यहाँको महिला चियाबारी श्रमिकहरूले आ-आफ्नो दु:खेसो पोखे। काम गरेको वेतन दिनु पर्ने माग गर्दै धरनामा बसेका एकजना महिला श्रमिकले भने, हामी श्रमिकहरू भोग-भोगै छौं। नानीहरू स्कूल जानु पर्ने तर गाड़ी भाडा नभएर गाड़ीले उठाउनु छोड़ी सकेको छ। घर भाड़ामा राखेर पढिरहेका नानीहरूलाई पनि घरबाट निकाल्ने अवस्था आएको छ।


हामीले रगत पसिना, बल, तागत र उमेर सबै यही बगानको लागि दियौं तर हामी भने दयनीय अवस्थामा पुगेको छौ। अब बन्सल कम्पनीलाई हटाउनु पर्ने अनि सरकारले पनि यस कम्पनीको लिज खारेज गर्नुपर्ने श्रमिकहरूले माग गरेका छन्। त्यसरी नै अर्का एकजना श्रमिकले दार्जिलिङको चिया विश्व प्रसिद्ध छ तर आज चियाबारीका श्रमिकहरूको भने यस्तो हालत छ भन्दै आफुहरूले काम गरेको वेतन दिनु पर्ने मागमा धरना गरेको 23 दिन भइसकेको तर अहिलेसम्म आफुहरूको माग पूरा नगरेको बताए। श्रमिकहरूको भनाई अनुसार गत 2019 देखि नै अवकास ग्रहण गर्ने श्रमिकहरूले ग्राजुएटी पाएको छैन, पीएफ पनि पाएका छैनन्। बन्सल कम्पनीले आफुहरूलाई शोषण मात्र गरेको आरोप लगाउँदै यो बन्सल कम्पनीलाई हटाएर नयाँ र राम्रो मालिकलाई दिनुपर्छ भनी तिनीहरूले माग गरेका छन् । वेतन नपाएकोले गर्दा घर परिवार चलाउनु कठिनाई भइसकेको छ, यस्तो कम्पनीको विरूध्दमा सरकार पनि किन बोल्दैनन् भन्दै श्रमिकहरूको हक र अधिकारको लागि जुन पार्टीले खोजिदिन्छ हामी त्यहीं पार्टीलाई साथ दिनेछौं भनी श्रमिकहरूले पत्रकारहरूसितको कुराकानीमा बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *