‘बेटी बचाओ, बेटी पढ़ाओ’-को सन्देश दिँदै पञ्जाब पुलिसको साइकल यात्रा आइपुग्यो सिलगढी

सिलगढी : पञ्जाब पुलिसका दुई जवानले देशभरिमै बेटी बचाओ बेटी पढ़ाओ‘, ‘नशा मुक्तिएवम् पर्यावरण बचाओ–बारे साइकल यात्राको माध्यमद्वारा मानिसहरूलाई जागरूक गरिरहेका छन्। पुलिसका जवानले बताएअनुसार पञ्जाब पुलिसको मुक्तसर साहिबका जवान समनदीप कुमार, गुरसेवक सिंह र तिनका दुईजना सहयोगी हैरी ठाकुर र हुकुम दीवाना पनि उक्त यात्रामा सामेल रहने बताइएको छ। उक्त जागरूकता यात्रा गत 11 नोभेम्बरदेखि गुजरातको अहमदाबादाबाट शुरू गरेको छ भने आगामी 11 दिसम्बरमा गुजरातको अहमदाबादमै समाप्त हुने भएको छ। तिनीहरूले एक-एकजना गरेर मध्यप्रदेश, उत्तर प्रदेश, बिहारको यात्रा गरिसकेको छ भने हाल तिनीहरू सिलगढी आइपुगेका छन्। यसपछि तिनीहरू ईटानगर, अरुणाचल प्रदेश जाने योजना रहेको छ। तिनीहरूको 3000 किलोमीटरको यात्रा गर्ने लक्ष्य रहेको साथै 30 दिनको अवधिमा यात्रा पुरा गर्ने तिनीहरूले बताए। प्रत्येक दिन 100 किलोमीटर साइकल चलाएर मानिसहरूलाई जागरूक गराइरहेको छ। यसको साथै केही ठाउँहरूमा रुखको विरुवा रोपेर मानिसहरूलाई पर्यावरण बचाउने सन्देश दिइरहेका छन्। पञ्जाब पुलिसका जवान गुरसेवक सिंहले बताएअनुसार उक्त टोलीको नेतृत्व पञ्जाब पुलिसका आईपीएस अधिकारी डी सुधर विलीले गरिरहेका छन्। यात्रा अवधि तिनीहरूले गरीब आवश्यकमन्द नानीहरूलाई फल, किताब एवम् चकलेटहरू पनि वितरण गरिरहेको बताइएको छ। तिनीहरूले बिहान 7 बजीदेखि साँझ 6 बजीसम्म साइकल यात्रा गरिरहेका छन्। उक्त यात्रामा तिनीहरूलाई विभिन्न ठाउँका ट्राफिक पुलिसहरूले सहयोग पुर्‍याइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *