भगत सिंह स्पोर्टिङ क्लबद्वारा ब्याडमिन्टन प्रतियोगिताको आयोजना

सिलगढी : भगत सिंह स्पोर्टिङ क्लबको तर्फबाट सिलगढीको अगम सिंह नगरमा पहिलोपल्ट ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरियो। गत 8 जनवरीदेखि शुरू गरिएको उक्त प्रतियोगिताको आज अन्तिम दिन हो। उक्त प्रतियोगितामा सिलगढी, कालेबुङ, दार्जिलिङ, सिक्किम लगायत विभिन्न ठाउँका प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। भगत सिंह स्पोर्टिङ क्लबका अध्यक्षले बताएअनुसार सन् 2015 मा स्थापित गरिएको उक्त क्लबद्वारा पहिलोपल्ट ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको साथै प्रतियोगितामा विजेता खेलाड़ीहरूलाई आकर्षक ट्रफी लगायत र नगद पुरस्कार प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *