भागेका 4 जना आरोपीमध्ये हालसम्म 3 जना पक्राउ

सिलगढी : अदालतमा पेश गर्न लगिरहेको समय पुलिस भ्यानको ताला भत्काएर भागेका 4 जना आरोपीहरूमध्ये हालसम्म 3 जनालाई पक्राउ गर्न पुलिस सफल बनेको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा भक्ति नगर पुलिसको एउटा टीमले सर्वप्रथम सिलगढीको चेकपोस्ट संलग्न फरेस्ट इलाकाबाट भागेका एकजना आरोपीलाई पक्राउ गर्यो। यसपछि जाँचमा जुटेका पुलिसले अझै अन्य दुईजना आरोपीलाई पक्राउ गरेपछि हालसम्म 3 जना आरोपीलाई पक्राउ गरिसकेको छ भने अझ एकजना आरोपी प्रणेश अधिकारीको खोजी गरिरहेको छ। आज पुलिसले ती तीनजना आरोपी क्रमैले राकेश मिस्त्री, सुलतान इस्लाम, मुकसुदूल हकलाई कठोर सुरक्षा व्यवस्थाबीच जलपाईगढी अदालतमा पेश गरियो। उल्लेखनीय छ, भक्ति नगर थाना पुलिसले गत बिहिबार 4 जना आरोपीलाई जलपाईगढी कोर्टमा लगिरहेको समय मौकाको फाइदा उठाएर पुलिस वाहनको ताला भत्काएर चम्पट कसेको थियो। यसपछि भक्ति नगर थाना पुलिसले चार अलग-अलग टीम बनाएर ती भाग्नेहरूको खोजी गरेपछि 4 जना मध्ये हालसम्म 3 जनालाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *