भागेका आरोपी दीपु कामन्ती पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले विभिन्न मामिलामा धेरै समय अघिदेखि भागेका आरोपी व्यक्तिलाई गत राति पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति दीपु  कामन्तीको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार केही वर्षअघि सिलगढी थाना अन्तर्गत पर्ने इलाकामा दीपु कामन्तीलाई पुलिसले बन्दुकसहित पक्राउ गरेर अदालतमा पेश समेत गरेको थियो। यसपछि दीपु कामन्ती भागेका थिए। आरोपी दीपुविरुद्ध अन्य केही अपराधिक मामिला दर्ता रहेको साथै हालैमा अदालतले गैर कानुनी रूपमा हतियार राखेको आरोपमा तिनको नाममा वारेन्ट जारी गरेपछि प्रधान नगर पुलिसले गत राति देवीडाङ्गा इलाकाबाट तिनलाई पक्राउ गरेको बताइएको छ। आज आर्म्स एक्ट अन्तर्गत मामिला दर्ता गरेर तिनलाई सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *