भागेका कोरोना सङ्क्रमित भीम राई देखा पऱ्यो जोरबङ्ग्लोमा

दार्जिलिङ: कोरोना संक्रमण भएपछि उपचारको लागि त्रिवेणी कोभिड अस्पतालमा लैजाने क्रममा जोरबङ्ग्लो थानाअन्तर्गत तीन माइलमा हालै शौचको बहाना बनाएर भाग्ने कोरोना सङ्क्रमित भीम राई हालसम्म पुलिसको हातमा फेला नपरे तापनि तिनी कुनै प्रकारको जंगली जानवरको शिकार नभएको पुष्टी भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान एकजना चालकले जोरबङ्ग्लो नजिक हस्पिटल डाँड़ाको बाटोमा तिनलाई देखेर बोलाउँदा भीम राई फेरि जङ्गलतिरै भागे। तथापि स्थानीय युवकहरूले समात्नको लागि जङ्गलमा खोजी गरिरहेको बताइएको छ। यसको साथै पुलिसलाई पनि जानकारी दिएकोले अब तिनी चाँडै पक्राउ पर्ने सम्भावना रहेको छ। स्मरण रहोस, रिम्बिक-लोधोमा समष्टि अन्तर्गत पर्ने छोटाहट्टाका निवासी भीम राई गत 2 अगस्त त्रिवेणी कोभिड अस्पताल लैजाने क्रममा शौचको बहाना बनाएर तीन माईलबाट भागेका थिए। तिनलाई पुलिस प्रशासन, वन विभागका कर्मी र स्थानीय गाउँलेहरूले लगातार खोजिरहे तापनि तिनको कुनै अत्तो-पत्तो लाग्न नसकेकोले तिनीबारे विभिन्न अड्कल लगाइँदै थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.