भागोप-का राष्ट्रिय अध्यक्ष तथा समाजसेवी सुकमान मोक्तानको निधन

बाग्राकोट : डुवर्स क्षेत्रका एकजना वरिष्ठ समाजसेवी तथा भारतीय गोर्खा परिसंघका राष्ट्रिय अध्यक्ष सुकमान मोक्तान अब रहेनन्। आज बिहान लगभग 10 बजेर 30 मिनट जाँदा ओदलाबारी ब्लक अस्पतालमा तिनको निधन भयो। तिनको निधनमा डुवर्स क्षेत्र लगायत सम्पूर्ण भारतभरिका विभिन्न संघ-संगठन तथा राजनीतिक नेताहरूले शोक व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *