भागोप्रमो 17 नम्बर वार्डका प्रार्थी नितेश गुरुङको चुनाउ जनसम्पर्क अभियान

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको 17 नम्बर वार्डका उम्मेद्वार नितेश गुरुङले आज वार्डको सिस्टर निवेदिता, अमर ज्योति ग्राम क्षेत्रमा आफ्नो चुनावी जनसम्पर्क अभियान चलाए। जनसम्पर्क अभियानको क्रममा वार्डवासीले भोग्नु परेका विविध समस्याहरुलाई पनि तिनले विस्तार पूर्वक सुने।


यसको साथै तिनले दार्जीलिङ नगरपालिकाले मैला फ्याँक्ने ठाउँको पनि निरीक्षण गरे। वार्डको उन्नति अनि विकासको लागि तिनले सबैसित मतदान गरेर विजयी तुल्याइदिने अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *