खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारेको गोलाई पाखास्थित प्रेमकुमार लिम्बु र सरिता राई लिम्बुको जीर्णावस्थामा पुगेको घर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापाको पहलमा बनाएपछि आज उक्त नयाँ घरको भागोप्रमो अध्यक्ष अनित थापाले उद्घाटन गरे। तिनले आज तीनधारेको गोलाई पाखा आएर नयाँ घरको उद्घाटन गरी उक्त नयाँ घरलाई प्रेमकुमार लिम्बु र सरिता राई लिम्बुलाई सुम्पिदिएका छन्। नयाँ घरको उद्घाटन गरेपछि भागोप्रमो अध्यक्ष अनित थापाले तीनधारे क्षेत्रका पार्टी कार्यकर्ताहरू लगायत तीनधारे संलग्न क्षेत्रका जनसाधारणसित पनि भेटघाट गरेर विभिन्न समस्याहरू सुने। उक्त दम्पत्ति प्रेमकुमार लिम्बु र सरिता राई लिम्बुले हाम्रो पुरानो घरको अवस्था देखेर नयाँ घर बनाई दिएकोमा अनित थापालाई धन्यवाद दिएका छन्।
