भागोप्रमो-बाट 50 जना युवाहरू गोजमुमोमा सामेल

खरसाङ: अनित थापाको पहलमा भर्खरै जन्मिएको नयाँ पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट खरसाङ महकुमाको बेल्टारबाट 50 जना सदस्यहरूले पार्टी त्यागेर गोर्खा जनमुक्ति मोर्चामा सामेल भएको पार्टी सूत्रले जनाएको छ। प्राप्त जानकारी अनुसार खरसाङको टुङ सेन्टमेरिज समष्टि अन्तर्गत बेल्टारमा हिज भएको गोजमुमो पार्टीको एउटा कार्यक्रममा तिनीहरुलाई अध्यक्ष बिमल गुरुङले खदा लगाएइ दिएर पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *