भागोप्रमो दार्जिलिङ नगरपालिकाको 4 नम्बर वार्डमा चुनावी सभा सम्पन्न

दार्जिलिङ: दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 4 अन्तर्गतका क्षेत्रवासीहरूलाई लिएर चुनावी सभा  घुम साहारा समाज घरमा सम्पन्न गरियो। समष्टि संयोजक प्रकाश सुब्बाको नेतृत्वमा सम्पन्न गरिएको उक्त सभामा युवा शक्तिलाई नेतृत्व गर्दै सचिव जीवन खवास, नोर्देन डुक्पा, नारी शक्तिलाई नेतृत्व गर्दै ललिता राई अनि कामना सुब्बाको विशेष उपस्थिति रहेको थियो। सभामा विशेषत:  नगरपालिका चुनाउको विषयमा छलफल गरियो भने चाँडै बतासे भेकका वार्ड नम्बर 4 का क्षेत्रवासीहरूसित भेट गरेर वार्ड कमिटी गठन गरिने सभामा निर्णय गरियो। यसको साथै त्यस क्षेत्रका बुनियादी समस्याहरू पनि क्षेत्रवासीले सभामा राखे। त्यसरी नै  वार्ड कमिटीको निम्ति यस क्षेत्रबाट 4 जना सदस्यहरू प्रमोद गुरूङ, अरूण राई, आशिष सुब्बा, पेडेन सुब्बालाई चयन गरिएको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *