भागोप्रमो दार्जिलिङ सदर 4 युवा एकाईका सह-सचिव प्रवेश ठटाल हाम्रो पार्टीमा सामेल

दार्जिलिङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सदर 4 को युवा एकाई सहसचिव प्रवेश ठटालले आज हाम्रो पार्टीको झण्डा समाते। दार्जिलिङ शहरको नेरू रोडस्थित हाम्रो पार्टीका अध्यक्ष अजय एडवाडर्सको नीजि वासस्थानमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सदर 4 समष्टिका सह-सचिव प्रवेश ठटाल हाम्रो पार्टीमा सामेल भए। पार्टी अध्यक्ष अजय एडवाडर्स र हाम्रो पार्टीको युवा शक्ति समुहको चीफ कोअर्डिनेटर राब्गे खालिङ राईले प्रवेश ठटाललाई खदा लगाइदिएर पार्टीमा न्यानो स्वागत जनाए। प्रवेश ठटाल दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 7 अन्तर्गत पर्ने लाशा भिल्ला निवासी हुन्।


तिनी भागोप्रमो युवा एकाई अनि विध्यार्थी एकाईको एकजना सक्रिया नेतृत्व थिए। हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारिता देखेर आज हाम्रो पार्टीमा सामेल हुने निर्णय लिएको तिनले बताए। हामो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारिता अबदेखि घर-घरमा पुराउने तिनले वचन पनि दिए। हाम्रो पार्टीले मात्र पहाड र गोर्खाहरूलाई न्याय दिनु सक्छ भन्ने आफुलाई पूर्ण विश्वास रहेको पनि तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *