भागोप्रमो-द्वारा खरसाङ सिपाहीधुराको अग्निपीडित परिवारलाई सहयोग

खरसाङ : गत केही दिन अघि खरसाङको सिपाहीधुरामा आगालागी भएर घर जलेर नष्ट भएको घर परिवारलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा सहयोग गरिएको छ। टुङ्ग सन्तमेरिज समष्टि अन्तर्गत सिपाही धुरा चिया बगानस्थित सार्की गाउँ निवासी कृष्ण राई 64 वर्षीय वृद्धको घरमा गत मंगलबार अबेर राति आगो लागेपछि सम्पूर्ण सर सामानसहित घर नै डढेर स्वाहा भएको थियो। उक्त घटनाको खबर पाएपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुङ्ग सन्तमेरिज समष्टि सभापति नुरी शेर्पा, हिल तराई डुवर्स प्लान्टेसन वर्कस युनियन जोनल सभापति तथा प्रचार प्रसार सचिव बसन्त कुलुङ राई अनि समष्टि सदस्य दिलीप गजमेर घटनास्थलमा पुगेर जानकारी  लिए। यसको साथै पीडित परिवारलाई केही राहत सामाग्रीहरू पनि प्रदान गरे। उक्त टोलीद्वारा अग्निपीडित परिवारलाई लुगा-फाटा लगायत अन्य सर-सामानहरू प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *