भागोप्रमो-द्वारा पहिरो सोरेर बाटो खोल्ने कार्य

दार्जिलिङ: अविरल वर्षाको‌ कारणले दार्जिलिङ सदर 4 समष्टि अन्तर्गत भक्ते बस्तीको मुख्य सड़क पहिरोको चपेटमा परेको थियो भने यसले गर्दा साधारण मानिसहरुलाई यातायात गर्नमा धेरै असुविधा भइरहेको थियो। यसैले आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय ‌अध्यक्ष एवम् जीटीए मुख्य कार्यपाल‌ अनित थापाको पहलमा साथै सदर 4 समष्टि संयोजक पारस छेत्री, दार्जिलिङ महकुमा समितिका साङ्गठनिक सचिव नरेश प्रधानको अगुवाईमा उक्त क्षेत्रका पार्टी कार्यकर्ताहरुलाई लिएर पहिरो सोरेर बाटो खोल्ने कार्य सम्पन्न गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *