भागोप्रमो गाडीधुरा खण्ड समितिको सांगठनिक सभा सम्पन्न

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लङ्गभ्यू अम्बटे समष्टिको तत्परतामा खरसाङ खण्ड अन्तर्गत गाडीधुरा खण्ड समितिद्वारा सांगठनिक सभा सम्पन्न गरियो। सभामा केन्द्रीय समिति सदस्य सन्तोष तामाङ, खरसाङ महकुमा महासचिव तथा मनोनित सभासद प्रणाम रसाइली, खरसाङ महकुमा प्रवक्ता अनुप रामुदामु, महकुमा सह सचिव संजोग रोका, समष्टि सभापति मणिराज डुम्जन, सचिव ललित प्रधान, सहसचिव कुनाल छेत्री, सांगठनिक सचिव सुवास छेत्री, प्रचार प्रसार सचिव जिनोद परियार लगायत अन्य उपस्थित थिए। आजको सभामा गाडीधुरा मेरियनबारी खण्ड समितिको लागि सुवास गुरुङलाई संयोजकको रूपमा चयन गरियो। सभामा विभिन्न वक्ताहरूले भागोप्रमो पार्टीको सांगठनिक गतिविधि र भावी कार्यक्रमहरू विषयमा वक्तव्य राखेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *