भागोप्रमो टुङ सन्तमेरिज समष्टि टोलीद्वारा गुम्बाको निरीक्षण

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत टुङ-सन्तमेरिज समष्टि अन्तर्गत पर्ने मार्गरेट्स होप चियाबगानको बीच गाउँस्थित गुम्बाको भागोप्रमो समष्टि युवा शक्तिका सचिवले निरीक्षण गरे। उक्त गुम्बा पुरानो रहेकोले यसको सही संरक्षण र सम्वर्द्धन गर्ने हेतुले गत केही महिना अघि जीटीए चिफ् अनित थापाद्वारा गुम्बा कमिटीलाई आर्थिक अनुदान प्रदान गरेका थिए। यसै सन्दर्भमा उक्त गुम्बा कमिटीले समष्टिबाट प्रतिनिधिहरु आएर निरीक्षण गरिदिने आग्रह भएको हुनाले दिपेश तामङ र समष्टि सदस्य सहदेव तामाङ उपस्थित रहेका थिए। उक्त पुरानो गुम्बालाई पूर्ण नविनीकरण गरी असल ढंगले निर्माण गरिने कार्य भइरहेको दिपेश तामङले बताएका छन्। यस अवसरमा गुम्बा कमिटीका सभापति प्रमोश तामाङ अनि सचिव छोगेल लामा पनि उपस्थित थिए। गुम्बा कमिटीको पक्षबाट तिनीहरुले जीटीए चिफ अनित थापाप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै गुम्बा निर्माण कार्यलाई निरीक्षण गरिदिएकोमा दिपेश तामाङ अनि तिनका सहयोगी सहदेव तामङलाई पनि धन्यवाद दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *