भागोप्रमो-का अध्यक्ष अनित थापाले गरे चुनाउ प्रचार

दार्जिलिङ: दार्जिलिङ नगरपालिका चुनाउ प्रचारको क्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले आज 5 र 6 नम्बर वार्डका विभिन्न क्षेत्रहरुमा परिभ्रमण गरे। चुनावी भ्रमणमा निस्केका अध्यक्ष अनित थापाले 5 र 6 नम्बर वार्डका उम्मेदवारहरुको निम्ति जानताको घर दैलोमा पुगेर भोटको अपिल गरे। वार्ड भ्रमणको क्रममा अनित थापाले भाग्यकुल, एनडीए, बोक्सी झोडा, गैरीगाउँ, डाली गुम्बा, हवल्दार गाउँ आदि क्षेत्रका जनताहरुको विविध गुनासो साथै समस्याहरु सुनेर यसको समाधान गरिदिने वचन पनि दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *