भागोप्रमो-का अध्यक्ष अनित थापालाई खरसाङमा भव्य स्वागत

खरसाङ: नव गठित पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो)-का संस्थापक अध्यक्ष अनित थापालाई आज तिनका समर्थकहरूले खरसाङमा भव्य स्वागत जनाए। तिनी आज दार्जिलिङबाट खरसाङ फर्किँदा खरसाङवासीले यहाँको विभिन्न ठाउँमा स्वागत जनाउँदै नव गठित पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई आफ्नो समर्थन जनाए। खरसाङको सन्त अल्फन्सस स्कुलदेखि अध्यक्ष अनित थापाले पैदल यात्रा गरे।


तिनीसित पार्टी प्रतिनिधि अमर लामा पनि उक्त पैदल यात्रामा सामेल थिए। बाजगाजा बजाउँदै, ठाउँ-ठाउँमा पटेकाहरू पड्काउँदै मानिसहरूले अनित थापालाई स्वागत जनाए। खरसाङ शहर परिक्रमा गरेपछि यहाँको मन्टिभियट खेल मैदानको एउटा सभाको आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *