भागोप्रमो-का ललिता छेत्रीलाई बधाई

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको 28 नम्बर खरसाङ देवराली समष्टिको नारी शक्तिको सांगठनिक सचिव ललिता छेत्रीलाई पार्टीको स्थापना दिवसमा संवर्द्धना जनाएकोमा समष्टी प्रतिनिधिहरूले आभार प्रकट गरेका छन्। यस अवसरमा 28 नम्बर खरसाङ देवराली समष्टिका नारी शक्ति र युवा शक्तिका प्रतिनिधिहरूले ललिता छेत्रीको घरमै गएर बधाई दिएका छन्। यस अवसरमा 28 नम्बर खरसाङ देवराली समष्टिका नारी शक्तिका अध्यक्षा सुष्मा मुखिया, सदस्य गंगा थापा अनि युवा शक्तिबाट को-ओर्डिनेटर दिपेश थापा, अनुप पाख्रीन लगायत अन्यहरू घरमै पुगेर ललिता छेत्रीलाई खदा लगाइ दिएर बधाई दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *