भागोप्रमो-का महकुमा उपसभापति भरत तामाङ लगायत 9 जना तृणमूल-मा सामेल

दार्जिलिङ : दार्जिलिङ नगरपालिका चुनाउको मुखैमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई ठुलो झट्का। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका दार्जिलिङ महकुमा समितिका उप-सभापति भारत तामाङले आफ्नो पार्टी त्यागेर आज तृणमूल कङ्ग्रेसलाई समर्थन जनाएका छन्। तिनीसितै अन्य 9 जना सदस्यहरू पनि तृणमूलमा सामेल भए। तृणमूल कङ्ग्रेसमा सामेल हुनेहरू सबैजनालाई आज पार्टीको चुनाउ पर्यवेक्षक आलोक चक्रवर्ती, जिल्ला सभापति तथा सांसद शान्ता छेत्री, विनय तामाङ, एनबी खवास आदिले स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *