भागोप्रमो-का नवरत्न प्रधान, दावा तेञ्जी, मिलन प्रधान, दिपेन शेर्पा र सञ्चबीर सुब्बाले बुझाए नामाङ्कन

कालेबुङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कालेबुङ जिल्लाको 34 नम्बर समष्टिबाट नवरत्न प्रधान, 37 नम्बर समष्टिबाट दावा तेन्जी शेर्पा, 38 नम्बर समष्टिबाट मिलन प्रधान, 39 नम्बर समष्टिबाट दिपेन शेर्पा र 41 नम्बर समष्टिबाट सञ्चबीर सुब्बाले आज कालेबुङ महकुमा शासक कार्यालयमा पुगेर पार्टीको तर्फबाट नामाङ्कन पत्र बुझाए। नामाङ्कन पत्र बुझाउन अघि तिनीहरूले आफ्ना पार्टीका समर्थकहरूसित कालेबुङ सहरमा एउटा विराट ऱ्याली निकालेर शक्ति प्रदर्शन पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *