भागोप्रमो-का प्रार्थी नवल बम्जनले बुझाए नामाङ्कन

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको 7 नम्बर समष्टि पोख्रेबुङ समष्ठीबाट आउँदो जीटीए चुनाउको प्रतिस्पर्धामा उत्रिएको नवल बम्जनले पनि आज पार्टी समर्थकहरूसित दार्जिलिङ जिल्ला शासक कार्यालयमा पुगेर आफ्नो नामाङ्कन पत्र दर्ता गराएका छन्। यसपालीको जीटीए चुनाउको अध्यादेश जारी भएपछि सर्वप्रथम भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीका उम्मेद्वारहरुले आ- आफ्नो समष्टिको तर्फबाट नामाङ्कन दर्ता गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *