भागोप्रमो-का समर्थकहरू हाम्रो पार्टी-मा सामेल

खरसाङ : खरसाङ नगरपालिकाको वार्ड नम्बर 10- बाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका समर्थकहरूले हाम्रो पार्टी-को भिजन साथै पार्टी अध्यक्ष अजय एडवार्डसको स्वच्छ सोंच र विचारदेखि प्रभावित भएर हाम्रो पार्टीमा सामेल भएका छन्। हाम्रो पार्टीको नारी एकाई हाम्रो नारी शक्ति समुहको नेतृत्वहरूले एउटा कार्यक्रम अन्तर्गत भागोप्रमो-का कार्यकर्ता एवम् समर्थकहरूलाई हाम्रो पार्टी-मा स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरे। नयाँ समर्थकहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा-को झुटो आश्वासनदेखि वाक्क-दिक्क भएपछि नै हाम्रो पार्टी-मा सामेल भएको बताए। यसको साथै आगामी 26 जूनको दिन सम्पन्न हुने जीटीए चुनाउमा दिलोज्यान दिएर हाम्रो पार्टी-को उम्मेद्वारलाई भारी मतले विजय बनाउने तिनीहरूले वाचा पनि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *