भागोप्रमो-का सोनादा पचेङ समष्टि प्रार्थी अनोस थापाको समर्थनमा चुनावी रेली सम्पन्न

सोनादा (निसं) : आगामी जीटीए चुनाउको लागि सोनादा पचेङ समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी अनोस थापाको समर्थनमा आज सोनादामा एउटा रेली निकालिइयो। उक्त रेली सोनादाको पेट्रोल पम्पदेखि शुरु भएर सरस्वती डाँड़ामा पुगेर चुनावी पथ सभामा परिणत भएको थियो। उक्त रेलीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी अनोस थापा लगायत समष्टिका पार्टी पदाधिकारीहरू उपस्थित थिए। उक्त रेलीमा पार्टीको प्रार्थी अनोस थापालाई आउँदो जीटीए चुनाउमा मतदान गरेर जिताउने आह्वान गरे। चुनावी पथ सभालाई सम्बोधन गर्दै प्रार्थी अनोस थापाले सोनादा पचेङ समष्टिबाट हरेक जनताको माया र विश्वासले गर्दा आफ्नो जीत निश्चित रहेको दावी गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *