भागोप्रमो-का युवा अध्यक्षसहित अन्यले दिए राजीनामा

कालेबुङ: कालेबुङको 34 नम्बर समष्टीमा पनि जीटीए चुनाउको लागि टिकट वितरण गरेपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा पार्टी भित्रै देखा पर्यो अन्तर्कलह। कालेबुङ 34 नम्बर होम्स भालुखोप समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा-को युवा अध्यक्ष बिकास राई, पार्टीको विद्यार्थी नेता प्रजय राई लगायत युवाहरुले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट सामुहिक रूपमा राजीनामा दिए। युवा अध्यक्ष बिकास राईले अब स्वतन्त्र उम्मेद्वारको रूपमा जीटीए चुनाउ लड्ने पत्रकारहरू सामु घोषणा पनि गरेका छन्। आफुहरूलाई अनदेखा गरेर पार्टी नेतृत्वहरूले 34 नम्बर होम्स भालुखोप समष्टीमा प्रार्थी उठाएको तिनले आरोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *