भागोप्रमो केन्द्रीय समितिको सभा मिरिक सौरेनी चियाकमानको रिसोर्टमा सम्पन्न

मिरिक (निसं) भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिको सभा आज शनिवार मिरिकको सौरेनी चियाकमानको रिसोर्टमा सम्पन्न भयो। उक्त सभापछि पत्रकारहरूसित बोल्दै भागोप्रमो केन्द्रीय अध्यक्ष तथा जीटीए-को भावी चेयरम्यान अनित थापाले आजको सभामा जीटीए सभाको चुनाउमा विजय भएका सभासदहरू अनि पार्टीको केन्द्रीय समितिका पदाधिकारीहरू उपस्थित रहेको बताए। तिनले सभाबारे विस्तृत रूपमा नबताए तापनि आज नव निर्वाचित सभासदहरू अनि पार्टीका पदाधिकारीहरू माझ आजको सभामा परिचय आदन- प्रदान गरिएको बताए। तिनले सभामा चर्चा भएको सबै कुराहरू नखुलाए पनि आजको सभामा जीटीए सभा सञ्चालनको लागि भागोप्रमो-लाई जनताले जनमत दिएपछि पार्टीका विजय प्रार्थीहरूलाई नै कार्यकारी सभासद बनाइने कुरा बताए। तथापि जीटीए चुनाउमा विजयी भएका सबै 45 वटा समष्टीका सभासदहरूसित मिलेर काम गर्ने आफ्नो पार्टीको योजना रहेको तिनले बताए। अर्कोतिर, जीटीए चुनाउपछि आज पहिलो पल्ट मिरिकमा सम्पन्न भएको भागोप्रमो-को सभालाई निक्कै महत्त्वपूर्ण मानिएको छ भने आजको सभामा विशेष गरेर जीटीए सञ्चालन बारे चर्चा-परिचर्चा गरिएको बताइएको छ। जीटीए सभाको नव निर्वाचित सबै सभासदहरूले आगामी 12 जुलाईको दिन दार्जिलिङको चौरास्थामा सम्पन्न हुने एउटा कार्यक्रमबीच शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *