भागोप्रमो-को भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन लेबर वर्कर्स युनियन खरसाङ महकुमा समितिद्वारा भोलि धन्यवाद रैली निकाल्ने

खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन लेबर वर्कर्स युनियन खरसाङ महकुमा समितिको आयोजनामा भोलि 6 अगस्तको दिन खरसाङमा धन्यवाद रैलीको आयोजना गर्ने भएको छ। उक्त रैली आयोजना गर्नुको मुख्य उद्देश्य पश्चिम बंगालको मन्त्री परिषदले चियाबारी क्षेत्रमा रहेका मानिसहरूको लागि जमीनको पर्जा पट्टा प्रदान गर्न अनुमोदन गरेपछि यो कार्य भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाको कुशल नेतृत्वको कारणले यो सम्भव भएको भन्दै भागोप्रमोको ट्रेड युनियनले खरसाङमा वृहत रैली निकालेर पार्टी अध्यक्ष अनित थापालाई धन्यवाद दिने भएको छ। यस विषयमा हिल तराई डुवर्स प्लान्टेशन लेबर वर्कर्स युनियन खरसाङ महकुमा समितिका सचिव भक्तिमान तामाङले एउटा भिडियो जारी गरेर भोलि 6 अगस्त 2023 आइतबारको दिन खरसाङमा वृहत् रैलीको आयोजना गरेर चियाबारी क्षेत्रको जमीनको पनि पर्जा पट्टा प्रदान गर्न पहल शुरू गरेकोमा पार्टी अध्यक्ष अनित थापालाई धन्यवाद दिने भएको छ। उक्त रैली खरसाङको टुरिस्ट लजबाट शुरू भएर खरसाङ शहर परिक्रमा गरेपछि मोटर स्ट्याण्डमा पुगेर धन्यवाद सभामा परिणत हुने बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *