भागोप्रमो-को असंगठित श्रमिक संगठनद्वारा विभिन्न माग लिएर खरसाङ महकुमा शासकलाई ज्ञापन

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन असंगठित श्रमिक संगठनको खरसाङ शाखाद्वारा विभिन्न माग लिएर खरसाङ महकुमा शासक आईएएस एजाज अहम्मदलाई एउटा ज्ञापन चढाए। उक्त ज्ञापनमार्फत संगठनले कन्स्ट्रक्शन साइटमा कार्य गर्ने प्रवासी मजदुरहरुले गर्दा पहाड़मा बेरोजगारको समस्या दिन-प्रतिदिन बढिरहेको जनाएको छ। खरसाङ महकुमा शासकलाई ज्ञापन चढाए पछि प्रेस भेला गरेर संगठनका खरसाङ महकुमा अध्यक्ष बिरल पाख्रिनले जनाएअनुसार कन्स्ट्रक्शन साइटमा कार्य गर्ने प्रवासी मजदुरहरुको विषयलाई मात्र होइन तर भारी बोक्ने भरियाहरूसँगै खरसाङ क्षेत्रमा रहेका विभिन्न होटलहरुमा पहाड़कै युवाहरुलाई प्राथमिकता दिया जाओस्‌ अनि खरसाङ क्षेत्रको विभिन्न दोकान-पाट वा होटलहरूमा कार्य गर्ने सेल्सम्यानहरुको विभिन्न समस्यालाई लिएर महकुमा अधिकारीलाई ज्ञापन सुम्पेको बताए। तिनले कुनै पनि ठाउँका मजदुरहरुले भारतको कुनै ठाउँमा गएर कार्य गर्न सक्छन्‌, यसमा केही भन्नु छैन तर जुन प्रकारले प्रवासी मजदुरहरुको संख्या विभिन्न कन्स्ट्रक्शन साइटतिर बढिरहेको छ, यसले बेरोजगारी समस्या सृष्टि गरिरहेको छ भनी बताए। यी प्रवासी मजदुरहरुले स्थानीय कन्स्ट्रक्शन मजदूरहरुभन्दा धेरै ज्यादा रोज लिने गर्दछन्‌ भन्दै कन्स्ट्रक्शन साइटका मालिकहरुबाट तिनीहरुले 600 रुपियाँ प्रति दिनको दरले माग गरे तापनि सहयोगीहरुलाई केवल 300 रुपियाँ दिने गर्दछन्‌ भनी बताए। देशको विभिन्न ठाउँबाट आएको यी मजदुरहरुको किरायमा बस्दा, तिनीहरुको कागज-पत्रको सठिक जाँच गरेर मात्र भित्र्याइयोस भनी माग पनि गरेको तिनले बताए। विभिन्न भारी बोक्ने भरियाहरुले पनि मनपरी दर लिइने गरेकोले भरियाहरुको मनपरी दरमाथि पनि प्रशसानले न्यायोचित नजर राखोस्‌ अनि जनहितमा यी जम्मै विषयहरुमा सठिक पाइला चालोस् भनी प्रशासनलाई आग्रह गरेको तिनले बताए। क्षेत्रका विभिन्न होटलहरुमा 80 प्रतिशत स्थानीय युवाहरुलाई नै प्राथमिकता दिनु पर्ने कुरा ज्ञापनमा माग गरेको पनि तिनले बताए। प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको अध्यक्ष बीरबल पाख्रीन वाहेक उपाध्यक्ष बिजय गुरुङ, सचिव एल्जिन ब्राह्मण (कनट्रकसन सेक्टर), शरण विश्वकर्म, प्रवाकर रोका (होटेल सेक्टर), देवाङ लामा (सेल्सम्यान सेक्टर), मणिकुमार गुरुङ साथै अन्य प्रेस भेलामा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *