भागोप्रमो-को चुनभट्टीमा सभा सम्पन्न

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको साङ्गठनिक सभा केन्द्रीय सदस्य सुजितकुमार कार्कीढोलीको अध्यक्षतामा तीनधारेदेखि केही मुनि चुनभट्टीमा सम्पन्न भयो। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको सचिव एवम् क्षेत्रीय सभासद नवराज छेत्री, समष्टि सभापति राजीव थापा, समष्टिको साङ्गठनिक सचिव सीबी, समष्टिको सह सचिव रबि सुब्बा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई र सचिव सञ्जीव मंगर, नारी शक्ति समष्टि सभापति निरा प्रधान, विद्यार्थी संगठनबाट सुभम प्रधान लगायत रबीन गजमेर आदिले वक्तव्य राखेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले यसबारे जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *