भागोप्रमो-को दार्जिलिङ सहर समितिका सचिव राबगे खालिङ राईले दिए राजीनामा

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको दार्जिलिङ सहर समितिका  साङ्गठनिक सचिव राबगे खालिङ राईले आफ्नो पद तथा पार्टीबाट राजीनामा दिएका छन्। तिनी दार्जिलिङ सदर 3 समष्टि समितिका महासचिव पदमा अनि  महासचिव अनि पार्टीको नगरपालिका वार्ड नम्बर 19 को कार्यकारीणी सदस्य पनि थिए। तिनको राजीनामाले पार्टीलाई ठूलो झट्का लागेको बताइएको छ। प्राप्त जानकारी अनुसार राबगे खालिङ राईले आफ्नो राजीनामा पत्र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापालाई हिजो आइतवार नै पठाइ सकेका छन्। राजीनामा पत्रमा तिनले पार्टीमा रहेको आफ्नो सबै पदहरू लगायत साधरण सदस्यबाट समेत राजीनामा दिएको कुरा उल्लेख गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *