भागोप्रोमो-को गाडीधुरा मेरियनबारी ब्लक कमिटी गठन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लंगभिउ अम्बटे समष्टि अन्तर्गत गाडीधुरा मेरियनबारी ब्लक कमिटी गठनार्थ समष्टि सभापति मणिराज डुम्जनको अध्यक्षतामा सभा सम्पन्न गरियो। समष्टि अभिभावक फोरमका संयोजिका कल्पना प्रधान, खर्साङ्ग महकुमा समिति प्रवक्ता अनुप रामुदामु, समष्टि सचिव ललित प्रधान, सहसचिव कुनाल छेत्री, नारी शक्ति समष्टि सांगठनिक सचिव सिता छेत्री को उपस्थितिमा भएको सभालाई गाडीधुराका सह संयोजक संजोग रोकाले संचालन गरेका थिए। त्यसैगरि सभालाई समष्टि सचिव ललित प्रधान, सह सचिव कुनाल छेत्री,महकुमा प्रवक्ता अनुप रामुदामु, संयोजिका कल्पना प्रधान आदिले सम्बोधन गरेका थिए। केन्द्रीय समितिको आदेश मुताविक आज २२ जना सदस्यहरुलाई लिएर गठन गरिएको गाडीधुरा मेरियनबारी ब्लक कमिटिमा सभापति सुवास छेत्री, उपसभापति संजोग रोका, नरेन छेत्री, रवी बाइक, सचिव बिमल सुब्बा, सह सचिव बुद्ध घिसिङ्ग, महेश बराइक,मिखेल मुण्डा, कोषाध्यक्ष गोबिन्द गुरुङ्ग, प्रचार प्रसार सचिव बसन्त गुरुङ्ग, सांगठनिक सचिव रतन छेत्री, रवि कोण्ड, सनुप छेत्री, कमल खवास,सुमन छेत्री, साथै प्रमुख सल्लाहकारमा आनन्द विश्वकर्मा, दिपेन रामुदामु, रोशन विश्वकर्मा, गकुल विश्वकर्मा, बिर्सा मुण्डा अनि शंकर छेत्रीलाई चयन गरियो।  नवगठित ब्लक कमिटिका सदस्यहरुलाई समष्टि प्रतिनिधिहरुको बाहुलीबाट खदा लगाई सम्मान गरिएको थियो भनि ब्लक कमिटिका प्रचार प्रसार सचिव बसन्त गुरुङ्गले जानकारी दिएका छन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *