भागोप्रमो-को गिताङ्गे चियाबारी र सिमरिङ चियाबारीमा संसद स्तरीय बुथ कमिटी गठनबारे बैठक

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टी अन्तर्गत गिताङ्गे चियाबारी र सिमरिङ चियाबारीमा संसद स्तरीय बुथ कमिटी गठन गर्नलाई सभा सम्पन्न भयो। यस अन्तर्गत गिताङ्गे चियाबारीमा बीके विष्टको अध्यक्षतामा सम्पन्न सभामा गिताङ्गे चियाबारीको संसद स्तरीय चुनाव बुथ कमिटी गठन गरियो। उक्त कमिटीमा मुख्य को-अर्डिनेटरको रूपमा बीके विष्ट, सह को-अर्डिनेटर मणिकुमार विश्वकर्म र बिजय छेत्री, कोषाध्यक्ष मिलन विष्ट, प्रचार-प्रसार सचिव जुना छेत्री लगायत गिताङ्गे बुथ क्षेत्रबाट प्रत्येक घरबाट गरेर 81 जनाको सल्लाहकार चयन गरिएको उदय छेत्रीले जानकारी गराएका छन्।



त्यसरी नै तीनधारे महानदी समष्टिको सिमरिङ चियाबारीमा पनि संसद स्तरीय चुनाउ बुथ कमिटी गठन गर्न डीबी सुब्बाको अध्यक्षता र दिवस वाइबाको सञ्चालनमा सभा सम्पन्न भयो। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, उप सभापति राजु लामा, सांगठनिक सचिव सीबी राईले सम्बोधन गरेका थिए। सभामा संसद स्तरीय चुनाउ बुथ कमिटी गठन गर्न हेतु चर्चा-परिचर्चा गरियो भने आगामी केही दिनभित्रमा नै सिमरिङमा संसद स्तरीय चुनाउ बुथ कमिटी गठन गरिने भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *