भागोप्रमो-को गौरी शंकर चियाबारीमा चुनावी सभा

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी सभा खरसाङ गिध्द पहाड़ समष्टिको सभापति पेमेन्द्र गुरुङको अध्यक्षतामा गौरी शंकर चियाबारीमा आइतबार सम्पन्न भयो। चुनावी सभामा स्वागत सम्भाषण जोनल कमिटीका सचिव रुपेन छेत्रीले राखेका थिए भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय उपाध्यक्ष प्रमोस्कर ब्लोन र चुनावी सभाको अध्यक्ष पेमेन्द्र गुरुङले पनि सम्बोधन गरेका थिए। उक्त चुनावी सभामा खरसाङ गिध्द पहाड़ समष्टिको ग्राम पञ्चायतहरूबाट चुानवी प्रार्थीको रूपमा खड़ा भएका उम्मेद्वारहरू लगायत केन्द्रीय सदस्य समीरदीप ब्लोन, नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधान, जैतुन निशा खातुन लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *