भागोप्रमो-को हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको मोहन मजुवा शाखा पुनर्गठन

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको सभा तीनधारे-महानदी समष्टी अन्तर्गत मोहन मजुवामा सम्पन्न भयो। सभाको मुख्य विषय पुरानो श्रमिक संगठनलाई विघटन गरी नयाँ श्रमिक संगठन गठनार्थ चर्चा गरिनु रहेको थियो। सभामा स्थानीय समस्याहरू विषयमा अवगत गराए। स्थानीय श्रमिक विनोद राईद्वारा बगानमा भोगिरहेको विविध समस्याहरू नवगठित श्रमिक संगठनले खोजी निकाल्ने वचनद्धता जाहेर गरे। सभामा नयाँ श्रमिक संगठन प्रक्रिया विषय हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरूङले आफ्नो वक्तव्यमा राखे। यसै सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन मोहन मजुवा शाखाको लागि नयाँ कमिटी पनि गठन गरियो। उक्त कमिटीमा सभापति-विनोद राई, उप-सभापति म्ञ्जय राई र सुदिप राई, सचिव समीर राई, सह सचिव राजेश छेत्री र किशोर राई, कोषाध्यक्ष सुनिल राई, मणि सुब्बा, सल्लाहकार-अनिल राई, ममित प्रधान लगायत 16 जनाको कार्यकारी सदस्यहरू चयन गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *