भागोप्रमो-को खरसाङ घैयाबारीमा बुथ स्तरीय चुनाउ को-अर्डिनेशन कमिटी गठन

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ खण्ड अन्तर्गत घैयाबारीको बुथ नम्बर 254 मा पार्टीको चुनावी तयारीको लागि बुथ कमिटी सभापति महेश छेत्रीको अध्यक्षतामा लोअर गैरी गाउँस्थित सार्वजनिक भवनमा सभा सम्पन्न भयो। नवराज प्रधानले सञ्चालन गरेको सभामा भागोप्रमो खरसाङ महकुमा समितिका महासचिव प्रणाम रसाईली, युवा शक्ति तीनधारे महानदी सल्लाहकार राजु छेत्री, हिल तराई डुवर्स प्लान्टेसन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीका को-अर्डिनेटर नवराज छेत्री, नारी शक्ति तीनधारे महानदी समष्टिका सभापति निरा प्रधान, भागोप्रमो तीनधारे महानदी समष्टिका कार्यकारी सभापति सीबी राई, समष्टीका सचिव सञ्जीव लामा,युवा शक्ति तीनधारे महानदी समष्टिका प्रवक्ता बिपन विश्वकर्म आदिले वक्तव्य राखे। सभामा घैयाबारीको बुथ नम्बर 254 को लागि बुथ स्तरीय चुनाउ को-अर्डिनेशन कमिटी पनि गठन गरिएको छ। उक्त कमिटीमा को-अर्डिनेटरको रुपमा कुसुम तामाङ प्रधान, सह को-अर्डिनेटर सरिता गुरुङ थापा लगायत 12 जनाको कार्यकारी सदस्यहरू सामेल छन्। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान, महकुमा सांगठनिक सचिव राजीव थापा, महकुमा सदस्य टंक शर्मा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, सचिव सञ्जीव मंगर लगायत अन्यहरू उपस्थित रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *