खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ 18 नम्बर वार्डको प्यारेन्ट बडी अनि नारी शक्तिको संयुक्त सभा खरसाङको सामुदायिक भवनमा सम्पन्न भयो। 18 नम्बर वार्ड नगरपालिका पार्षद शिव नेगीको अध्यक्षतामा सम्पन्न सभामा खरसाङ टाउन कमिटीका नेतृत्वहरुको विशेष उपस्थिति रहेको थियो। सभालाई खरसाङ महकुमा युवा शक्तिका अध्यक्ष पेमेन्द्र गुरुङले सम्बोधन गरे। 18 नम्बर वार्डमा प्यारेन्ट बडीको स्थायी समिति नभएकोले आजको सभामा नयाँ समिति गठन गरिएको छ। आजको सभामा प्यारेन्ट बडीको कमिटीमा अध्यक्ष मदन गुरूङ, उपाध्यक्ष डीटी भुटिया, शिव नेगी, जे मुखिया, सचिव मदन प्रधान, सह-सचिव निरज अग्रवाल र महेन्द्र छेत्री, सल्लाहकार नरेन प्रधान, अनुप चन्द, नगेन्द्र गुरुङ, विनम्र गोऐनका, दिपक प्रधान, राजकुमार राजपुत, जोगेन्द्र खवास, डीके खवास, बी. बन्सल आदि चयन भएका छन्।
