भागोप्रमो-को मिरिक डुप्टिनमा मिशन जागरण कार्यक्रम

मिरिक (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको मिशन जागरण कार्यक्रम मिरिकको विभिन्न ठाउँमा पनि सम्पन्न भइरहेको छ। उक्त मिशन कार्यक्रम अन्तर्गत मिरिक थर्बु डुप्टिन समष्टिका सभासद तथा भागोप्रमो मिरिक महकुमा अध्यक्ष मिलेश राईको नेतृत्वमा आज यहाँको डुप्टिन ग्राम पञ्चायतमा स्थानीय मानिसहरूको उपस्थितिमा सभा गरियो। सभामा भागोप्रमो-ले हालसम्म जनताको निम्ति गरेका उपलब्धीहरूबारे विस्तृत रूपमा जानकारी गराइयो भने केन्द्र सरकारले हालसम्म गोर्खाहरूलाई केवल झुटको आश्वासन मात्र दिएको सभासद मिलेश राईले बताए।


पहाडवासीले तीन-तीनपल्ट भाजपाका उम्मेद्वारलाई विजय बनाएर सदनमा पठाए तापनि पहाडवासीको समस्याको समाधनबारे भाजपाले कहिले पनि पहल नगरेको साथै यसपाली पनि भाजपाले झुटो आश्वसन लिएर नै पहाड आउने तयारमा रहेको सभासद राईले बताए। यसपालीको चुनाउमा भजपाले फेरी झुटो वाचा गर्नेछ भन्दै पहाडवासीलाई सतर्क बस्ने तिनले अपिल गरे। यस सभा अवधि साङ्गठनिक गतिविधिबारे पनि व्यापक चर्चा-परिचर्चा गरियो। यसको साथै मिशन जागरण कार्यक्रमलाई निरन्तरता दिने सभामा पार्टी कार्यकर्ताहरूले प्रतिबद्धता प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *