भागोप्रमो-को पहलमा मरियनबारीको एकजना असहायलाई व्हिल चेयर प्रदान

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत गाड़ीधुराको मरियनबारी चियाबारीमा एकजना असहायलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको तर्फबाट व्हिल चेयर प्रदान गऱ्यो। केही दिन अघि खरसाङ महकुमा समितिका पदाधिकारीहरू उक्त ठाउँमा गएको समय उक्त असहाय व्यक्तिले आफुलाई व्हिल चेयर आवश्यक रहेको छ भनी निवेदन गरेकोले खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानको अगुवाईमा व्हिल चेयरको लागि पहल गरेर केवल फाउण्डेशनलाई निवेदन गरेपछि आज उक्त व्यक्तिलाई केवल फाउण्डेशनमार्फत् व्हिल चेयर प्रदान गरिएको बताइएको छ। उक्त व्यक्तिलाई व्हिल चेयर प्रदान गर्नलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान र अन्य पदाधिकारीहरू र जीटीएको कार्यकारी सभासद कल्पना प्रधान अनि केवल फाउण्डेशनको प्रमुख केवल लगायत अन्यहरू उपस्थित रहेका थिए। यस विषयमा बोल्दै भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले हामीले राजनीति मात्र नगरेर असहायहरूलाई पनि यसरी सहयोग गर्दै आएको र त्यसै अनुरुप आज गाडीधुरा अन्तर्गत मरियनबारीको एकजना असहायलाई व्हिल चेयर प्रदान गरिएको जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *