भागोप्रमो-को पंखाबारी लङ्गभ्यु अम्बटे समष्टिमा चुनावी सभा

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लङ्गभ्यु अम्बटे समष्टिको चुनावी सांगठनिक सभा खरसाङ खण्ड अन्तर्गत गाडीधुरा सार्वजनिक भवनमा समष्टि कार्यकारी सभासद कल्पना प्रधानको अध्यक्षतामा सम्पन्न भयो। सभामा खरसाङ महकुमा चुनाउ प्रभारी बिन्नी शर्माको विशेष उपस्थिति रहेको थियो। समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभालाई समष्टि कार्यकारी सभासद कल्पना प्रधान, भागोप्रमो केन्द्रीय समिति सांगठनिक सचिव साथै खरसाङ महुकमा समिति चुनाउ प्रभारी बिन्नी शर्मा, खरसाङ महुकमा समिति सचिव साथै मनोनीत सभासद प्रणाम रसाईली, समष्टि युवा शक्ति सभापति तुसार राई, समिति सदस्य मौसम लामा आदिले सम्बोधन गरेका थिए। सभालाई सम्बोधन गर्दै खरसाङ महुकमा समिति चुनाउ प्रभारी बिन्नी शर्माले आगामी लोक सभा चुनाउमा बीजेपी मुक्त पहाड़ बनाउने अह्वान गरे। बीजेपी पार्टीले क्षेत्रीय दलहरूलाई मासेर यहाँको माग नै सँधैको निम्ति मास्ने प्रयास गरेको पनि उनले आरोप लगाए। विगत 15 वर्ष बीजेपी पार्टीले पहाडमा केवल ढाँटको राजनीति गरेको बताउँदै यसपाली यस ठाउँको राजनीति अन्त्य हुने उनले बताए।

समष्टि कार्यकारी सभासद कल्पना प्रधानले आगामी लोकसभा चुनाउको प्रार्थी गोपाल लामा स्वच्छ छवी व्यक्ति हुन् भनी बताइन्। राज्यको तृणमूल सरकारले हामीलाई लक्ष्मी भण्डार, कन्याश्री, रुपाश्री, स्वस्थ्य साथी, द्वारे सरकार, विद्यार्थी क्रेडिड कार्ड आदि साहुलियतहरू दिएर धेरै सहयोग गरेको तिनले जनाइन्। बीजेपी सरकारले भारत देशको धेरै जटिल समस्याहरूको समाधान गरे तापनि गोर्खा जातिको निम्ति केही नगरेको तिनले आरोप लगाइन्। यसैगरी, सभामा मनोनीत सभासद प्रणाम रसाईलीले आफ्नो सम्बोधनमा समष्टिको कतिपय बुथहरूमा धेरै कार्य गर्न पर्ने जनाए। आगामी चुनाउमा बुथ कमिटी पञ्चायत उप-प्रधान पञ्चायत सदस्य सबैले तालमेल मिलाएर संगठनको निम्ति कार्य गरिदिने अनुरोध गरे। आगामी लोकसभा चुनाउको लागि समष्टि कमिटी गठन गरिएको पनि उनले बताए। सभामा समष्टि नारी शक्ति पनि गठन गरियो। पार्टी अध्यक्ष अनित थापाको आदेश बमोजिम अघिबाट नै कार्यकारी सभासद कल्पना प्रधानलाई समष्टिको सभापतिको पदमा छनौट गरिएको थियो भने सचिव अनिला राईलाई चयन गरियो। सभामा खरसाङ महुकमा समिति उप-सभापति अमृत छेत्री, प्रवक्ता अनुप रामुदामु, महकुमा समिति सांगठनिक सचिव सुबोध लामा, महकुमा समिति सदस्य मिलन रसाईली, गजेन प्रधान, समष्टि सह-सचिव कुनाल छेत्री, समष्टि प्रचार-प्रसार सचिव जिनोद परियार, समिति सदस्य मौसम लामा, साथै समष्टि अन्तर्गत रहेको ग्राम पञ्चायत प्रधान, उप-प्रधान, पञ्चायत सदस्यगण, खण्ड समिति अध्यक्ष, सचिव साथै पार्टी कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinogalabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahiscashwin girişgrandpashabetesbetgrandpashabetbettilt girişcasibompusulabet giriş Built with ❤︎ by appycodes