खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा अन्तर्गत पंखाबारी लङ्गभ्यू अम्बटे समष्टिले अब साङ्गठनिक गतिविधिलाई तीव्र पर्ने भएको छ। पार्टीको पक्षबाट समष्टि सभापति मणिराज डुम्जनले आज पत्रकारहरूलाई यसबारे जानकारी गराउँदै सङ्गठनलाई समष्टिमा सक्रिय पार्न तथा पार्टी अध्यक्षको हातलाई दह्रिलो पार्न सक्रिय रूपमा कार्य गरिने बताए। पार्टीलाई अब समष्टिमा बलियो बनाउन समष्टि अन्तर्गत रहेका प्रत्येक शाखाहरू बनाउने अनि प्रतिनिधिहरूको चयन गरिने जनाउँदै यसको निम्ति समष्टिका सबै कार्यकर्ता अनि प्रतिनिधिहरूले कार्य गरिरहेको डुम्जनले बताए। लङ्गभ्यू चियाबारीको समस्या विषय सोधिएको एउटा प्रश्नको उत्तरमा डुम्जनले यहाँको समस्या समाधानलाई लिएर जोइन एक्सन कमिटीले निरन्तर रूपमा कार्य गरिरहेको पनि जनाए।
