भागोप्रमो-को सभामा तीनधारे महानदी समष्टिको सहिद दिवस कमिटी गठन

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको एउटा सभा समष्टीका सभापति रबीन सुब्बाको अध्यक्षतामा तीनधारेमा सम्पन्न भयो। उक्त सभामा आगामी 27 जुलाईको दिन तीनधारे महानदी समष्टिमा पालन गरिने सहिद दिवस विषयमा चर्चा परिचर्चा गरियो। आजको सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिमा सहिद दिवस पालन गर्नलाई एउटा कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति रबीन सुब्बा, सचिव रबि सुब्बा, कोषाध्यक्ष केवल राई र सीबी राई, प्रचार-प्रसार सचिवमा अनिल राई र भगवती प्रधान, प्रमुख सल्लाहकारका रूपमा राजीव थापा, सञ्जीव मंगर, राजु लामा, राजु छेत्री, अनिल तामाङ, सञ्जीव लामा, राजेश थापा आदि चयन भएका छन्। सभाले लिएको निर्णय अनुसार तीनधारे महानदी समष्टिमा गत वर्ष झैं यस वर्ष पनि तीन स्थानहरू क्रमैले महानदी, घैयाबारी र तीनधारेमा सहिद दिवस पालन गर्दै सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गरिने भएको राजेश थापाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *