भागोप्रमो-को श्रमिक सङ्गठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ सङ्गठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय, महकुमा अनि जोनल नेतृत्वहरुको उपस्थितिमा आज पार्टी अध्यक्ष अनित थापाको अध्यक्षतामा एउटा सभा तिनकै वासस्थानमा गरियो। उक्त सभाबारे ट्रेड युनियन, खरसाङ महकुमा समितिका अध्यक्ष सागर गुरुङले जानकारी दिँदै युनियनलाई अझ कसरी सक्रिय बनाउने अनि बन्सल कम्पनी अधिनस्थ 10 वटा चिया बगानका स्टाफ, श्रमिकहरुले पाउनु पर्ने दैनिक हाजिरा अनि मासिक तलब पाउनुमा ढिलाई भएकोले यो मुद्दालाई गहनता पूर्वक अघि बढाउने विषयमा आजको सभामा प्रस्ताव ग्रहण गरियो। तिनले मुद्दाहरु माथि प्रकाश पार्दै भनेआगामी दिनमा अघि बढ्ने रोड म्याप अन्तर्गत अब युनियनले युनिट कमिटीमा गएर काम गर्नेछ।बन्सल ग्रुप अन्तर्गत 10 वटा चिया बगानमा तलब अनि श्रमिकको दैनिक भत्ता भुक्तान गर्नमा कम्पनीले ढिलाई गरेको छ।

कम्तीमा 3 देखि 4 हप्ताको ढिलाइसँग अहिले 10 वटा चिया बगानहरुमा तलब अनि दैनिक भत्ताको भुक्तान भइरहेको छ। यो ढिलाइको कारण श्रमिक अनि अन्य कर्मचारीहरूले आर्थिक समस्या झेल्नु परिरहेको तिनले बताए। यसैगरी, श्रमिकहरुको भत्ताबाट पीएफ -को निम्ति जुन रकम काटिन्छ, त्यो रकम पनि कम्पनीले जमा नगरेकोले अवकाश प्राप्त गरेका श्रमिकहरुले पाउनु पर्ने साहुलियत नपाएका बताए। अवकाश प्राप्त भएकाहरुले पेन्सन, ग्र्याचुटी, पीएफ आदि साहुलियतदेखि वञ्चित रहनु परेको छ। त्यसैले यो मुद्दालाई पार्टीले अघि बढाएर लैजाने आजको सभाले प्रस्ताव ग्रहण गरेको तिनले जानकारी दिएका छन्। आगामी 13 मार्च खरसाङस्थित टाउन हलमा ट्रेड युनियनको केन्द्रीय, महकुमा, जोनल, युनिट समितिका सम्पुर्ण पदाधिकारीहरुलाई लिएर एउटा विराट सभा गरिनु अनि त्यही सभामा यो मुद्दालाई कसरी अघि लैजाने त्यो रणनीति माथि विशेष निर्णय लिइने तिनले जानकारी दिएका छन्। आजको बैठकमा श्रीमती करुणा गुरुङ, शेखर चन्द्र प्रधान, राजेन प्रधान, राजेश थापा, भक्तिमान तामाङ, जनक छेत्री, गन्नु छेत्री, मनोज प्रधान, वसन्त कुलुङ राई, किसन ठकुरी, किसन लेप्चा, अमृत छेत्री, अनोस् थापा, प्रणाम रसाइली आदिको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes