भागोप्रमो-को तीनधारे महानदी समष्टिका प्रतिनिधिहरूलाई लिएर सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको पार्टी कार्यालयमा आज तीनधारे महानदी समष्टिका प्रतिनिधिहरूलाई लिएर एउटा सभा सम्पन्न भयो। उक्त सभा भागोप्रमो खरसाङ महकुमा समितिका उपाध्यक्ष प्रेम प्रधानको अध्यक्षता र महकुमा समितिका महासचिव प्रणाम रसाईलीको सञ्चालनमा सम्पन्न भयो। उक्त सभामा तीनधारे महानदी समष्टि अन्तर्गत तीनधारे क्षेत्रको चारवटा बुथहरूको लागि नवराज छेत्रीलाई संयोजक चयन गरिएको छ भने तीनधारे महानदी समष्टिमा पार्टी अध्यक्ष अनित थापाको निर्देशनमा अभिभावक फोरम गठन गर्नलाई शेखरचन्द्र प्रधानलाई संयोजक चयन गरियो। आजको सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिका सचिव सञ्जीव लामाले आजको सभाले तीनधारे क्षेत्रको चारवटा बुथहरू राजबारी, बजारशंकर निवास र मिठाई डाँड़ाको लागि नवराज छेत्रीलाई संयोजक चयन गरिएको बताए।


त्यसरी नै तीनधारे महानदी समष्टिका कार्यकारी सभापति सीबी राईले पत्रकारहरूसित बातचीत गर्दै हाम्रो समष्टिका शिवखोला ग्राम पञ्चायतको सिपाहीधुरादेखि मालुटारसम्म पर्ने 4 वटा बुथहरूलाई लिएर को-अर्डिनेशन कमिटी गठन गर्ने निर्देशन आएको र हामी चाँडै पार्टीको प्यारेन्ट बडी, युवा, नारी र ट्रेडलाई लिएर गठन गर्ने बताए। तिनले तीनधारे महानदी समष्टिका अन्य ग्राम पञ्चायत क्षेत्रहरूमा पनि पार्टी अध्यक्षको निर्देशन अनुसार चाँडै संयोजकहरू चयन गर्ने बताए। आजको सभामा तीनधारेको चारवटा बुथहरूको लागि संयोजक चयन भएपछि नवराज छेत्रीले पार्टीले दिएको जिम्मेवारीलाई स्वीकार गर्दै जनहितमा कार्य गर्ने बताए। आजको सभामा ट्रेड युनियनका केन्द्रीय अध्यक्षा करूणा गुरुङ, शेखरचन्द्र प्रधान, महकुमा समितिका एमबी घले, तीनधारे महानदी समष्टिका सभापति रबीन सुब्बा, राजेश थापानारी मोर्चा समष्टिका सचिव भगवती प्रधान लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *