भागोप्रमो-को ट्रेड युनियन पञ्जीकृत

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियन, ट्रेड युनियन एक्ट 1926 अन्तर्गत पञ्जीकृत भएको छ। पार्टीको ट्रेड युनियन “हिल तराई डुवर्स प्लानटेशन वर्कर्स युनियन” को नाममा पञ्जीकृत भएको साथै यसको पञ्जीकृत संख्या 29366 रहेको पार्टी सूत्रले जनाएको छ। युनियनको पञ्जीकरणको निम्ति दिन अनि रात काम गर्ने सबै जनालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले बधाई दिएका छन् भने अब ट्रेड युनियनले आधिकारिक रूपमा काम गर्ने तिनले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *