भागोप्रमो-को युनियनले भेट्यो मेची कमानका प्रबन्धकलाई

मिरिक (निसं):  भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक सङ्गठन हिल तराई डुवर्स प्लान्टेसन वर्कस युनियन फुवागढी मेची डिभिजन जोनल कमिटी हालै गठन भएपछि आज मंगलबार नव गठित कमिटीका पदाधिकारीहरूले मेची चियाकमानका प्रबन्धकसित भेट गरेर परिचय आदन-प्रदान गरे। उक्त भेट अवधि चिया श्रमिकहरूको हक र अधिकारको विषयमा कमानका प्रबन्धकसित चर्चा-परिचर्चा गरेको भागोप्रमो सौरेनी समष्टि अध्यक्ष सुनिल प्रधानले जानकारी दिएका छन्। उक्त प्रतिनिधि टोलीमा युनियनका अध्यक्ष अनिल छेत्री, उपाध्यक्षहरू सुरेस प्रधान, सनमान तामाङ, सचिव राजेन खवास, सह सचिवहरू देवकुमार खवास,निरज तामाङ,कोषाध्यक्ष शीतकुमार सुब्बा लगायत 26 जना सदस्यहरूको उपस्थिति रहेको थियो। भागोप्रमो सौरेनी समष्टि अध्यक्ष सुनिल प्रधान अनि युनियन अध्यक्ष अनिल छेत्रीले युनियन प्रतिनिधिको प्रबन्धकसित भेट सकारात्मक रहेको जानकारी गराउँदै सुनिल प्रधानले युनियनले आगामी दिनहरूमा चियाकमानमा खटिखाने चिया श्रमिक अनि कर्मचारीहरूको हितमा आपसी एकता र तालमेल कायम राखेर सक्रिय कार्य गर्ने बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *