भागोप्रमो खरसाङ महकुमा समितिद्वारा खरसाङ महकुमा अस्पतालमा अन्तर्राष्ट्रिय नर्स दिवस पालन

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिद्वारा खरसाङ महकुमा अस्पतालमा अन्तर्राष्ट्रिय नर्स दिवस पालन गरियो। खरसाड महकुमा अस्पतालमा अन्तर्राष्ट्रिय नर्स दिवसको उपलक्ष्यमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समिति संस्थापक अध्यक्ष अनित थापाको निर्देशनमा खरसाड महकुमा स्तरीय नेतृत्वहरू उपस्थित भएर नर्स दिवस पालन गरियो। भागोप्रमो खरसाङ महकुमा समितिको टोलीद्वारा खरसाङ महकुमा अस्पतालको नर्सहरूलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरियो भने केक काटेर खुशी प्रकट गर्दै बधाई एवम् शुभकामना व्यक्त गरियो।


यस अवसरमा भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोन, खरसाङ महकुमा समितिका सभापति सुवास प्रधान, सभासद श्याम शेर्पा र प्रणाम रसाइलीले नर्स दिवस विषयमा वक्तव्य राखे। आजको टोलीमा केन्द्रीय सदस्य समीरदिप ब्लोन, तपेश्वर राउत, सभासद श्याम शेर्पा, मनोनित सभासद प्रणाम रसाइली, एमबी घले, विशाल शर्मा, पेमेन्द्र गुरूङ, दिपेन सेवा, पासङ खाडवा, शंखर राउत, बिमल मुखिया, पुरण मुखिया, तुषार राय आदि उपस्थित थिए। अन्तर्राष्ट्रिय नर्स दिवस पालन गरिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सचिव एवम् सभासद प्रणाम रसाईलीले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *